कामू सीईओ पनि पक्राउ पर्ने भएपछि प्रभू बैंकमा अर्को भूकम्प, सीआईबी पुगे सञ्चालक
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कामू सीईओको जिम्मेवारी दिएको निरज लम्साल पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको बैंकिङ कसूर प्रकरणमा संलग्नमध्येका एक आरोपी रहेका पाइएको छ । सीआईबीले आफूहरुले अनुसन्धान गरिरहेको प्रकरणमा जोडिएकामध्ये एक आरोपीलाई नै प्रभू बैंकको सञ्चालक समितिको बैठकले कामू सीईओको जिम्मेवारी दिएपछि आश्चर्य प्रकट गर्दै...

