डलरको भाउ घट्यो, यूरो र पाउण्डको मूल्यमा समेत गिरावट
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.३२ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम थियो ।

