चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा, एक दिनमा कति पटकसम्म जम्मा गर्न सकिन्छ ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा वृद्धि गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरुका लागि परिपत्र जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाइएको जनाएको हो ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        