सुनको मूल्य तीन साताकै न्यून स्तरमा, आज कति डलरले घट्यो ?
काठमाण्डौ । सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज गिरावट आएसँगै सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुगेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.८९ प्रतिशत अर्थात ३५.४५ डलरले घटेर प्रतिऔंस ३ हजार ९६९ डलरमा कारोबार भईरहेको छ । गत अक्टोबर ६ मा सुनको मूल्य प्रतिऔंस ३ हजार ९८३ डलरमा पुगेको थियो ।

