यूकेमा रेलभित्र कैयौँलाई छुरा प्रहार
पूर्वी इङ्गल्यान्डमा एक रेलमा कैयौँलाई छुरा प्रहार भएको घटनापछि ब्रिटिश प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।क्याम्ब्रिजशरको हन्टिङ्डन स्टेसनमा यात्रुहरूले चालक दललाई सचेत गराएपछि रेललाई आपत्कालीन रूपमा रोक्दै प्रहरी बोलाइएको थियो।प्रत्यक्षदर्शीहरूले सो घटनाबारे बताउने क्रममा रगतले लतपतिएका पीडितहरू ठूलो चक्कु बोकेको मानिसबाट बच्न भागिरहेको र केही यात्रुहरू...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        