बिहीबार, असार ३२,२०८३ 09:22:42
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 09:22:42
आज सर्वाधिक कारोबार गर्ने टप  १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अग्रवाल सेक्युुिरटिज, ओपल सेक्युुिरटिज, सनि सेक्युुिरटिज, हिमालयन ब्रोकरेज कम्पनी, नासा सेक्युुिरटिज र त्रिशक्ति सेक्युुिरटिज रहेका छन् ।  

बीमा कम्पनीको लगानी बढाउन धितोपत्र बोर्डको मार्गचित्र, एमबीएससहित नयाँ उपकरणमा जोड
Capital Market

बीमा कम्पनीको लगानी बढाउन धितोपत्र बोर्डको मार्गचित्र, एमबीएससहित नयाँ उपकरणमा जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुको लगानी सुधार गर्न पूँजीबजार विकास मार्गचित्र तयार गरेको छ ।  बोर्डले संस्थागत लगानीकर्ताको लगानी विविधिकरण तथा वैकल्पिक लगानी बजारको विकास गर्ने रणनीति बनाएको छ ।  बजारको स्थायित्व, तरलता, गहिराई तथा दीर्घकालीन पूँजी परिचालनको आधार संस्थागत लगानीकर्ता रहेको विश्वका सफल पूँजीबजारहरुको अध्ययनले देखाएको बोर्डको...

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
Capital Market

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४ अंकले बढेर २५९० विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३६२ कम्पनीको ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह १.०३ प्रतिशतले बढेको छ ।  बीमा समूह बढ्दा...

धितोपत्र बोर्डको पहलकदमीसँगै सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ह्वात्तै घट्यो
Capital Market

धितोपत्र बोर्डको पहलकदमीसँगै सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ह्वात्तै घट्यो

काठमाण्डौ । बुधबारको कारोबारमा सेयबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १४ अंकले बढेर २ हजार ५९०.२९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४५३.९४ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ८४ लाख ६९ हजार ११० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४...

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते
Capital Market

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते

 काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजको बैठकपछि अर्को बैठक साउन १४ गते राख्ने सहमति भएको हो।कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार अर्को बैठकको मितिबारे सभामुखले आजको बैठकको अन्त्यमा औपचारिक जानकारी गराउनेछन्।

सेबोनद्वारा ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा, पूँजी बजार सुधारलाई तीव्रता दिने
Capital Market

सेबोनद्वारा ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा, पूँजी बजार सुधारलाई तीव्रता दिने

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारको संरचनात्मक सुधार तथा नियामकीय क्षमता सुदृढ बनाउन ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उक्त व्यवस्था अघि सारेको हो।बोर्डका अनुसार टास्क फोर्समा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी),...

सन सेक्युरिटिजद्वारा निःशुल्क १० दिने अनलाइन सेयर तालिम सञ्चालन हुने
Capital Market

सन सेक्युरिटिजद्वारा निःशुल्क १० दिने अनलाइन सेयर तालिम सञ्चालन हुने

काठमाण्डौ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन सेक्युरिटिज प्रालिले काठमाण्डौ बाहिर तथा नेपाल बाहिर रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने भएको छ।कम्पनीका अनुसार तालिम गुगल मिटमार्फत हरेक दिन साँझ साढे ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ। तालिममा सेयर बजार सम्बन्धी आधारभूतदेखि...

सिटि होटलका सञ्चालक तिलक कोइरालाको राजीनामा स्वीकृत
Capital Market

सिटि होटलका सञ्चालक तिलक कोइरालाको राजीनामा स्वीकृत

काठमाण्डौ । सिटि होटल लिमिटेडका सञ्चालक तिलक कोइरालाको राजीनामा स्वीकृत भएको छ। सर्वसाधारण सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका कोइरालाले आफ्नो कार्यव्यस्तताका कारण सञ्चालक पदमा रहेर जिम्मेवारी निर्वाह गर्न नसक्ने जानकारी दिँदै राजीनामा दिएका थिए।

स्वावलम्बन लघुवित्तको सीईओमा दोहोरिए विष्ट
Capital Market

स्वावलम्बन लघुवित्तको सीईओमा दोहोरिए विष्ट

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ( नरेन्द्र सिंह विष्ट दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्।विष्टको हालको कार्यकाल आगामी साउन ८ गते समाप्त हुँदैछ। त्यसअघि बसेको संस्थाको सञ्चालक समितिको ४८७औँ बैठकले उनलाई पुनः चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

घोराही सिमेन्टको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
Capital Market

घोराही सिमेन्टको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लक इन अवधि आजदेखि सकिन लागेको हो ।

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त
Capital Market

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

काठमाण्डौ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न हिमालयन क्यापिटललाई थप एक वर्षका लागि नियुक्त गरेको हो ।कम्पनी र क्यापिटलबीच असार ३० गते थप एक वर्षका लागि सम्झौता नविकरण गर्ने सहमति समेत सम्पन्न...

मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने
Capital Market

सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

आयो पूँजीबजार विकासको 'ब्लुप्रिन्ट': सेयर किनबेचको बजारबाट ‘फाइनान्सियल सुपरमार्केट’ बनाउने सेबोनको खाका
Capital Market

आयो पूँजीबजार विकासको 'ब्लुप्रिन्ट': सेयर किनबेचको बजारबाट ‘फाइनान्सियल सुपरमार्केट’ बनाउने सेबोनको खाका

काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले नेपालको पूँजीबजारलाई साधारण सेयरको कारोबारमा केन्द्रित संरचनाबाट बहुवित्तीय उपकरणयुक्त आधुनिक बजारमा रूपान्तरण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।बोर्डले आज सार्वजनिक गरेको १२४ पृष्ठको ‘नेपालको पूँजीबजार विकास मार्गचित्र, २०८३’ को अध्याय ६ मा कानुनी पुनर्संरचनादेखि कर्पोरेट तथा सरकारी ऋणपत्र, सर्ट सेलिङ, इन्ट्राडे...

सेबोनको ‘रेस्क्यू प्लान’मा बजार बदल्ने १८ सूत्र : टी प्लस वानदेखि सर्ट सेलिङ र एआई निगरानीसम्म
Capital Market

सेबोनको ‘रेस्क्यू प्लान’मा बजार बदल्ने १८ सूत्र : टी प्लस वानदेखि सर्ट सेलिङ र एआई निगरानीसम्म

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीतिको सबैभन्दा महत्वपूर्ण भागका रूपमा रहेको अध्याय चारले नेपालको सेयर बजारमा व्यापक संरचनात्मक परिवर्तनको खाका प्रस्तुत गरेको छ।दस्तावेजले तत्काल बजार सूचक उकास्ने मौद्रिक राहत वा प्रत्यक्ष नगद प्रवाहभन्दा पनि नेप्सेको पुनर्संरचना, आधुनिक कारोबार उपकरण, छिटो राफसाफ, संस्थागत लगानी,...

केबीएनआर इस्वा पावरले १.१९ अर्बको आईपीओ जारी गर्ने, प्रत्याभूतिमा ज्योति क्यापिटल नियुक्त
Capital Market

केबीएनआर इस्वा पावरले १.१९ अर्बको आईपीओ जारी गर्ने, प्रत्याभूतिमा ज्योति क्यापिटल नियुक्त

काठमाडौं । केबीएनआर इस्वा पावर लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागिएको १ करोड १९ लाख कित्ता साधारण सेयर (आईपीओ) को प्रत्याभूतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० का दरले कुल रु. १ अर्ब १९ करोडबराबरको आईपीओ निष्कासनका लागि ज्योति क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको हो।

पूँजीबजारमा ठूलो फेरबदलको संकेत, सेबोनले अघि सार्‍यो ८ योजना
Capital Market

पूँजीबजारमा ठूलो फेरबदलको संकेत, सेबोनले अघि सार्‍यो ८ योजना

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूर्ण पूँजीबजार विकास मार्गचित्र सार्वजनिक गर्नुअघि बजार सुधारका आठवटा प्राथमिकता अघि सारेको छ।बोर्डले मंगलबार सार्वजनिक गरेको सारांशमा धितोपत्रसम्बन्धी कसूरको अनुसन्धान प्रभावकारी बनाउनेदेखि सामाजिक सञ्जालका ‘फिनफ्लुएन्सर’माथि निगरानी, सार्वजनिक निष्कासन स्वीकृतिमा थप परीक्षण, मार्जिन कारोबार सञ्चालन, कारोबार शुल्क...

पूँजीबजार बचाउने योजना अझै अन्योलमा, सेबोनको ८ बुँदे आश्वासन मात्र
Capital Market

पूँजीबजार बचाउने योजना अझै अन्योलमा, सेबोनको ८ बुँदे आश्वासन मात्र

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आजै सार्वजनिक गर्ने भनिएको पूर्ण ‘पूँजीबजार रेस्क्यू प्लान’ तत्कालका लागि थाँती राख्दै आठबुँदे सारांश मात्र सार्वजनिक गरेको छ।बोर्डले मंगलबार जारी गरेको प्रेस नोटमा पूँजीबजार सुधारका केही प्राथमिकता उल्लेख गरे पनि विस्तृत नीति, कार्यान्वयन विधि, जिम्मेवार निकाय, समयसीमा र अपेक्षित परिणाम खुलाइएको छैन। पूर्ण योजना बोर्डको...

अर्थमन्त्रीको ‘टाइमिङ’ रणनीतिले रोकियो पूँजीबजार रेस्क्यू प्लान, बुधबार सार्वजनिक गर्ने तयारी
Capital Market

अर्थमन्त्रीको ‘टाइमिङ’ रणनीतिले रोकियो पूँजीबजार रेस्क्यू प्लान, बुधबार सार्वजनिक गर्ने तयारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार सार्वजनिक गर्ने भनिएको बहुप्रतीक्षित ‘पूँजीबजार रेस्क्यू प्लान’ अन्तिम समयमा रोकिएको छ। अर्थमन्त्रीको सुझावपछि योजनाको सार्वजनिक गर्ने समय एक दिन पछाडि सारिएको उच्च स्रोतले जनाएको छ।पछिल्लो समय केही लगानीकर्ताले आन्दोलन चर्काएलगत्तै सुधार योजना सार्वजनिक गर्दा सरकार र नियामक निकाय उनीहरूको दबाबमा झुकेको सन्देश जान...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.