Bizshala
  • सोमबार, पुष २८,२०८२ 03:49:45
११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स
Capital Market

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।

सेयर बजारमा पुस मसान्तको दबाब,आज सामान्य अंकले घट्यो
Capital Market

सेयर बजारमा पुस मसान्तको दबाब,आज सामान्य अंकले घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.५४ अंकले घटेर २ हजार ६३५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४५४.३१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब...

डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न
Capital Market

डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा पुस २८ गते सोमबार चितवनको सौराहामा सम्पन्न भएको हो । साधारण सभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश नदिने निर्णय
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

आरएसडिसी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

आरएसडिसी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४८ हजार ८०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २० हजार ९० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।  

आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ २० गते नवलपरासीमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा सर्वसाधारणको सेयर स्वामित्व प्रतिशत संशोधन गरी प्रबन्धपत्र संशोधन गर्ने, सेयर खरिद वा हस्तान्तरण...

हिमालयन बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

हिमालयन बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ६ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस १३ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

कम मूल्यका कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् दोस्रो बजारमा पाइने रु.२०० मुनिका सस्ता सेयर
Capital Market

कम मूल्यका कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् दोस्रो बजारमा पाइने रु.२०० मुनिका सस्ता सेयर

काठमाण्डौ । जेनजी आन्दोलनपछि सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न नसक्दा अहिले सेयरबजारले गति लिन सकिरहेको छैन ।बजारमा सानो–सानो अंकको उतारचढाव देखिएको छ । बजार न त ह्वात्तै बढ्न नै सकेको छ, न त घट्न नै । अधिकांश लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन्, जसकारण पछिल्लो समय बजारमा कारोबार अत्यासलाग्दो गरी सुस्ताइरहेको छ ।सिजनअनुसार अहिलेको समय लगानीका लागि उचित समय भएतापनि...

लगानीकर्ताको मनोबल खस्किदा ५ महिनामा सेयर कारोबार ३९.२१% ले घट्यो, सर्वाधिक फाइनान्स र निर्जीवन बीमा समूहको
Capital Market

लगानीकर्ताको मनोबल खस्किदा ५ महिनामा सेयर कारोबार ३९.२१% ले घट्यो, सर्वाधिक फाइनान्स र निर्जीवन बीमा समूहको

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली पूँजीबजारलाई प्रत्यक्ष असर पारेको छ । विशेषगरी आन्दोलनपश्चात् नेपालको राजनीतिक क्षेत्रमा देखिएको अस्थिरताले सेयर लगानीकर्ताहरुमा कन्फिडेन्ट घटाएका कारण सेयरबजारले लय लिन सकिरहेको छैन ।राजनीतिक अस्थिरता र सामाजिक आन्दोलनका घटनाले सेयरबजारलाई छोटो अवधिमै ठूलो असर पार्ने हुँदा लगानीकर्ताहरुमा मनोबल बढ्न...

साझा पावरको साधारण सभा सम्पन्न, ३०५ करोडको ऋण सम्झौता अनुमोदन
Capital Market

साझा पावरको साधारण सभा सम्पन्न, ३०५ करोडको ऋण सम्झौता अनुमोदन

काठमाण्डौ । साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा होटल क्रिष्टल, पशुपति, गौशालामा सम्पन्न भएको छ। सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष कुवेरमणी नेपालले गरेका थिए।सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष...

साना किसान विकास लघुवित्तको १५% लाभांश पारित
Capital Market

साना किसान विकास लघुवित्तको १५% लाभांश पारित

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत लाभांश पारित भएको छ । संस्थाले गत आवका लागि प्रस्ताव गरेको लाभांश(१४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश) वितरणको प्रस्ताव संस्थाको २४ औं वार्षिक साधारण सभाबाट पारित भएको हो ।संस्थाको सभा पुस २५ गते सम्पन्न भएको हो ।यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण...

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १ गते सिमरामा रहेको होटल श्रेष्ठ रेसिडेन्सीमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उद्देश्य थप गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र कम्पनीको...

बजार नबढ्दा ४५ म्युचुअल फण्ड घाटामा, सेयरबजारमा धमाधम लगानी थप्दै
Capital Market

बजार नबढ्दा ४५ म्युचुअल फण्ड घाटामा, सेयरबजारमा धमाधम लगानी थप्दै

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनपश्चात् नेपालको पूँजीबजारले खासै गति लिन सकिरहेको छैन । अस्थिर राजनीति र चुनावी माहोल राम्रो नबनेका कारण सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन, जसकारण सेयरबजारले लय समाउन नसकिरहेको अवस्था छ ।सेयरबजारमा संस्थागत लगानीकर्ताको रुपमा रहेका सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी रहेको...

लाभांश पारित गर्दै स्वावलम्बन लघुवित्तकोको एजीएम सम्पन्न, सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित
Capital Market

लाभांश पारित गर्दै स्वावलम्बन लघुवित्तकोको एजीएम सम्पन्न, सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु.३५ करोड...

नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगको संयुक्त बैठक सम्पन्न
Capital Market

नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगको संयुक्त बैठक सम्पन्न

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोग बीच नेपालको पूँजी बजार तथा विद्युत उत्पादन सम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न पुस २४ गते नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटारमा संयुक्त बैठक सम्पन्न भएको छ ।पूँजी बजारमार्फत विद्युत उत्पादन सम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा बैठक केन्द्रित...

होटल गरिमाले ४० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
Capital Market

होटल गरिमाले ४० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी थालेको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा जुटेको हो ।यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

रिडी पावरको २४ औं वार्षिक साधारण सभा सम्पन्न
Capital Market

रिडी पावरको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाण्डौमामा सम्पन्न भएको हो ।कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.