बिहीबार, असार ३२,२०८३ 02:21:34
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 02:21:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वरोजगार लघुवित्तको १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
स्वरोजगार लघुवित्तको १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

संस्थाका संस्थापक सेयरधनी नरेन्द्रराज पाण्डेले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि लघुवित्तले बिक्री प्रक्रिया अगाडि बढाएको हो। सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाकै विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ।

New Office
CG Motors
Garima Development Bank

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम लघुवित्तले इच्छुक संस्थापक सेयरधनीबाट आवेदन माग गरेको हो।

सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी आवेदन दिनुपर्नेछ। आवेदन लघुवित्तको बनेपा–५, काभ्रेपलाञ्चोकस्थित केन्द्रीय कार्यालयको प्रशासन विभागमा बुझाउन सकिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन पाइने संस्थाले जनाएको छ।

तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा वा बिक्रीमा राखिएको सबै सेयर खरिद नभएमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.