मंगलवार, असार २,२०८३ 08:57:56
Bizshala
  • मंगलवार, असार २,२०८३ 08:57:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नजिक

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नजिक
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।  

केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलरको भाउ १५१ रुपैयाँको हाराहारीमा कायम रहेको छ ।

Bizshala
New Office
CG Motors

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा तोकिएको छ ।  

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा रहेको छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ६७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा तोकिएको छ ।  

क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६२ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

एसियाली मुद्रातर्फ जापानी येन १० एकाइको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा तोकिएको छ भने कतारी रियालको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर तथा डेनिस क्रोनरको विनिमयदर पनि अद्यावधिक गरिएको छ ।  

त्यस्तै, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दरसमेत सार्वजनिक गरिएको छ ।

भारतीय मुद्राको विनिमयदरअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको छ ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.