शुक्रबार, श्रावण १,२०८३ 10:34:24
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:34:24
Bizshala
Global IME Bank Limited

गरिमा विकास बैंकले एकैपटक ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा

गरिमा विकास बैंकले एकैपटक ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘गरिमा प्रिपेड डलर कार्ड’, ‘गरिमा पीओएस टर्मिनल’ र ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवाको औपचारिक शुभारम्भ गरेको हो।

बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिनेछ। यसले विदेशमा उपलब्ध डिजिटल सेवा तथा वस्तुको अनलाइन भुक्तानी गर्न चाहने ग्राहकलाई सहज बनाउने बैंकको विश्वास छ।

त्यस्तै, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीले डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट सुरक्षित, छिटो तथा भरपर्दो डिजिटल भुक्तानी लिन सक्नेछन्। यो सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यावसायिक कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

बैंकले सार्वजनिक गरेको गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल एपबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकका जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको बैंकले आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ। ग्राहकलाई सुरक्षित, सरल, छिटो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाइने बैंकको भनाइ छ।

आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत सेवा दिइरहेको छ। बैंकले आफ्ना नवीनतम डिजिटल माध्यमबाट करिब नौ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.