काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । उनले आज बिहीबार बस्ने रास्वपा बैठकअघि राजीनमा दिएकी हुन् । उनले दिएको राजीनामा बारे आज बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।
उनले पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै राजीनामा दिएकी हुन् । यद्यपी उनको राजीनामा स्वीकार भने भईसकेको छैन ।