काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले १०ः४ अनुपातमा रु. १०० अंकित दरका ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ७ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।