काठमाण्डौ । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाण्डौमा आफ्नो ‘राइड्स फर गोल्स‘क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेलमैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीरूलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउनु हो ।
यस क्याम्पेनमार्फत विद्यालयका खेल मैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको हो । जसले विद्यार्थीहरूलाई खेलकुदप्रति रुचि बढाउने, टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
अंग्रेजी ‘मे‘महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम,चयन गरिएका पब्लिक प्राइमेरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको थियो ।
यस अभियानले विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले निम्न महत्वपूर्ण कार्यहरूमा प्रत्यक्ष सहयोग पुर्याएको कम्पनीले जनाएको छ ।