सोमबार, असार २३,२०८२ 10:01:47
  • सोमबार, असार २३,२०८२ 10:01:47
Global IME Bank Limited

टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य

Hyundai Nepal
टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य
Nabil Bank Limited

काठमाण्डौ । दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनीको नयाँ टिभिएस जुपिटर–११० सार्वजनिक भएको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ ।

नयाँ टिभिएस जुपिटर–११० ले एक स्कूटर मात्र नभई शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्ने एउटा पूर्ण सोचको प्रतिनिधित्व भएको कम्पनीले जनाएको छ ।  

टिभिएस जुपिटर–११० विश्वभरि ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जिल्दे, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ। १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरू सहितको यो नयाँ टेक– फ्रेन्ड्ली टिभिएस जुपिटर–११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर हो ।

टिभिएस जुपिटर–११० मा समावेश गरिएको सेग्मेन्टकै पहिलो वा उत्कृष्ट विशेषताहरूले सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

डुअल हेल्मेट अन्डर सिट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र मेटल्म्याक्स बडी लामो सिटसहितको बडि ब्यालेन्स २.० प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार फाइन्ड मि सुविधा, फलो मि हेडल्याम्प, र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने टिएसएल सुविधाटिभिएस स्मार्ट टिएम ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर – कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित डिस्टान्स टू इम्पिटी लगायतका धेरै विशेषताहरू – जसले सवारीलाई अझ सुविधाजनक, भरपर्दो र चिन्तारहित बनाउँछ ।

साहिल अग्रवाल र अखिल गुप्ता, जगदम्बा मोटर्सका प्रतिनिधिहरूले उद्घाटनमा भने, ‘टिभिएससँग हाम्रो सहकार्य मजबुत हुँदै गएको छ यो सहकार्य उच्च गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक सन्तुष्टिमा आधारित छ । नयाँ टिभिएस जुपिटर–११० मा सुरक्षादेखि लिएर सुविधा, प्रविधि र टिकाउपनमा नयाँ उचाइ दिएको छ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले यो स्कुटरलाई अत्यधिक मन पराउनेछन् ।’

नयाँ टिभिएस जुपिटर–११० को विवरणः

टिभिएस जुपिटर–११० प्रदर्शन र प्रविधि मा ११३.३सिसि सिंगल सिलिन्डर, ४–स्ट्रोक इन्जिनबाट सञ्चालित, ६५०० आरएमपीमा ५.९ किलोवाट पावर र ५००० आरएमपी मा आईजिओ एसिस्ट सहित ९.८ एनएम टर्क र आईजिओ एसिस्ट बिना ९.२ एमएम टर्क उत्पन्न गर्छ ।

इनफिनिटी ल्याम्प्ससहितको आकर्षक डिजाइन

नयाँ टिभिएस जुपिटर–११० इन्जिन र गो असिस्ट प्रविधिले १० प्रतिशत बढी माइलेज र अझ राम्रो पिक–अप सुनिश्चि गर्छ फ्रन्ट फ्युल फिल, लामो सिट, फराकिलो लेग स्पेस र बडी ब्यालेन्स टेक्नोलोजीले दिन्छ ।

यो स्कुटरको शुरुआती मूल्य २ लाख५७ हजार ९०० रुपैयाँ राखिएको छ । यो डिस एक्सआईएससी भेरियन्टमा सम्पूर्ण टिभिएस शोरूमहरूमा उपलब्ध हुनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.