काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६१.३० रुपैयाँ र बिक्रीदर १६२ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.८५ रुपैयाँ र बिक्रीदर १८६.६६ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१२ रुपैयाँ र बिक्रीदर १९.३० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५९ रुपैयाँ र बिक्रीदर ३२.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८३ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.५८ रुपैयाँ र बिक्रीदर ४५३.५५ रुपैयाँ कायम भएको छ ।