• मंगलवार, श्रावण २७,२०८२ 12:47:24
Global IME Bank Limited

नबिल बैंकको लाभांश क्षमता ५४.८७% ले बढ्यो, खुद ब्याज आम्दानी र नाफामा समेत बढोत्तरी

Hyundai Nepal
नबिल बैंकको लाभांश क्षमता ५४.८७% ले बढ्यो, खुद ब्याज आम्दानी र नाफामा समेत बढोत्तरी
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो लाभांश क्षमता ५४.८७ प्रतिशतले बढाएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म लाभांश क्षमता १७.६४ प्रतिशत पुर्याएको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म भने ११.३९ प्रतिशतमात्रै थियो ।  

बैंकको वितरणयोग्य मुनाफा समेत ५४.८२ प्रतिशतले बढ्दै ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म भने ७ अर्ब १२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यसरी बैंकको खुद नाफामा १५.०१ प्रतिशतको सुधार आएको छ ।  

यस्तै बैंकले यो अवधिसम्म १६ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले १६ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोड रुपैयाँबाट बढेर १८ अर्ब ६० करोड र सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भएर १० अर्ब ८४ करोड पुगेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

रिटेन्ड अर्निङ ५४.८२ प्रतिशतले बढाएको बैंकको रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको छ ।  

यो अवधिमा बैंकको निक्षेप संकलन १३.५३ प्रतिशतले बढेर ५ अर्ब २४ अर्ब पुगेको छ । कर्जा प्रवाह पनि १०.४९ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब पुगेको छ । बै.कले इम्पेयरमेन्ट चार्ज घटाएको छ । अघिल्लो आवमा ४ अर्ब ६३ करोड रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ३९ करोड रुपैयाँमा सीमित बनेको छ ।  

बैंकको खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ५.८६ प्रतिशतबाट घटेर ४.४१ प्रतिशतमा सीमित बनेको छ ।  

यस बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो आवमा चौथो त्रैमाससम्म २२.९० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २६.३४ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५५ गुणा र तरलता अनुपात २७.३१ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.