आईतवार, भाद्र १,२०८२ 08:25:19
IME remit
  • आईतवार, भाद्र १,२०८२ 08:25:19
IME remit
Global IME Bank Limited

८५% ले बढ्यो क्रेष्ट माइक्रो लाइफको नाफा, खुद बीमाशुल्क आर्जन समेत ३०२% ले बढ्यो

Hyundai Nepal
८५% ले बढ्यो क्रेष्ट माइक्रो लाइफको नाफा, खुद बीमाशुल्क आर्जन समेत ३०२% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा ८५.०२ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३०२.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड ४२ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले ३८ करोड ८७ लाख कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १९४. ४४ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म १२ करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ३६ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि ४ करोड ८६ लाखबाट बढेर २१ करोड ९६ लाख पुगेको छ ।  

कम्पनीको महाविपत्ती कोषको आकार ३२ लाख ६५ हजार र रिटेन्ड अर्निङको आकार २ करोड ३१ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीले ३ लाख ७८ हजार २६८ वटा बीमा पोलिसी जारी गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.०३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०४.५१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५०.६० गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.