काठमाण्डौ । गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र पोखरामा ‘च्भमभाष्लभ थ्यगच ीष्mष्तक ’ नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । यस कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा नेपाल ल्युब आयल लिमिटेडका सञ्चालक समितिका सदस्यहरु र अन्य प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी दिनहरूको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । सो कार्यक्रम विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शन गरेका गल्फका पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो ।
सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ । नेपाली क्रिकेटमा उदाउँदै गरेको प्रतिभा महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को ‘द्यभकत ह्क्ष्क्ष्’मा स्थान बनाउन सफल हुँदै, उक्त सम्मान प्राप्त गर्ने एकमात्र एसोसिएट राष्ट्रकी खेलाडीको रूपमा इतिहास रचेकी छिन् । कम्पनीका अनुसार, ‘पूजा महतो नेपाली क्रिकेटको उदयीमान तारा हुनुहुन्छ । उहाँको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नया उचाइमा पुर्याएको छ । यो सहकार्यले कम्पनी र महतो दुवैलाई मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने हाम्रो विश्वास छ ।’
ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि आफ्नो भावना व्यक्त गर्दै पूजा महतोले भनिन्, ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो, जुन उच्च प्रदर्शन र गुणस्तरको लागि परिचित छ । यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु । यसले मलाई मात्र होइन, भविष्यमा अरु महिला क्रिकेटरहरूलाई पनि यस्तै अवसर मिल्ने प्रेरणा दिनेछ भन्ने आशा गर्दछु ।’
कम्पनीका एमडी तथा सीईओ तथा नाडा अध्यक्ष करण चौधरीले लुब्रिकेन्सको व्यवसाय धेरै चुनौतीपूर्ण हुँदै गएको छ र नेपाल ल्युव आयल लिमिटेडले सदैव गुणस्तर, सर्वसुलभ र पार्टनर्सहरूको सस्टेनाबिलिटीलाई ध्यान दिँदै आएकोले बजारमा गल्फ आगामी दिनमा अझ गतिशील हुन्छ भन्ने विश्वास व्यक्त गरे ।
त्यस्तै कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले यस वर्षको पार्टनर्स मिटको थिमको पर्यावाचीको रुपमा पूजा महतो रहेको र जसरी हरेक समाजिक बन्देज र सीमितताका बावजुद उनको मेहनतले आज उचाइ छोएको छ त्यसरी नै सबै मिलेर गल्फको उचाइलाई बढाउनु पर्छ भन्ने कामना व्यक्त गरे ।