Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हामी ‘गोरू चुट्ने, हलो अड्काउने’ विकास नीति लिएर हिँडेका छौं: विनोद चौधरी

संसदमा दिए अर्थतन्त्र सुधार्ने र देश बनाउने सूत्र(पूर्ण पाठसहित)

Global IME Bank Limited
हामी ‘गोरू चुट्ने, हलो अड्काउने’ विकास नीति लिएर हिँडेका छौं: विनोद चौधरी
Nabil Bank Limited
  • विनोद चौधरी

सम्माननीय सभामुख महोदय,

-आज म आर्थिक बर्ष २०८१/०८२ को बजेटमाथिको सिद्धान्त र प्राथमिकता सम्वन्धी छलफलमा यस गरिमामय संसदमा आफ्ना धारणाहरू राख्न गइरहेको छु । यस गरिमामय संसदमा उभिएर आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकताका सन्दर्भमा बोलिरहदा मैले विगत २० बर्षदेखि नेपाली अर्थतन्त्र, आर्थिक विकास र बजेटका सम्बन्धमा कस्तो सोंच प्रस्तुत गर्दै आइरहेको छु भन्ने श्रृंखलालाई पनि जोड्न गइरहेको छु । किनभने आर्थिक विकासका दृष्टिकोणले २० बर्षको समय भनेको निकै महत्वपूर्ण कालखण्ड हो । हाम्रा छिमेकी मुलुकहरू विश्व अर्थतन्त्रको शिखरमा चढेको र विश्वका उदीयमान अर्थतन्त्रहरूले फड्को मारेको समय पनि यहि हो । नेपालको सन्दर्भमा २०६२/०६३ को राजनीतिक परिवर्तनपछि राजनीतिक एजेण्डा व्यवस्थापन भई आर्थिक विकासको यात्रा प्रारम्भ हुनुपर्ने मान्यता राखिएको यहि समय हो जसलाई ‘नयाँ नेपाल’ को नामाकरण समेत गरिएको थियो ।  

-मैले आफ्नो अर्काईभ पल्टाउदै थिएँ– २०६१ सालमा नेपाल उद्योग परिसंघद्वारा आयोजित डबल डिजिट ग्रोथ सम्बन्धि आर्थिक सम्मेलनमा दुई अंकको आर्थिक बृद्धिदर सम्भव छ भनेर प्रस्तुत गरेको डकुमेण्ट फेला पारे । त्यतिबेला पनि नेपाल आर्थिक रुपमा शिथिल अवस्थामा थियो । लोकतान्त्रिक व्यवस्थाको घाँटी निमोठिएको त्यो समयमा आर्थिक बर्ष २०५८/०५९ मा आर्थिक बृद्धिदर ऋणात्मक रहेको पृष्ठभूमिमा मैले नेपालले दोहोरो अंकको बृद्धिदर हासिल गर्न सम्भव छ भन्ने आधारहरू प्रस्तुत गरेर देशमा नयाँ आशा र उत्साह जगाउने प्रयास गरेको थिएँ । र, जसलाई अर्थतन्त्रका स्टेक होल्डरहरूले सकारात्मक रुपमा अपनत्व लिएका थिए ।

-यहि बीचमा देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा परिणत भयो । २०६४ सालमा पहिलो पटक संविधानसभाको निर्वाचन भयो । र, १० बर्षे सशस्त्र युद्धबाट शान्ति प्रकृयामा आएको नेकपा (माओवादी) संसदको सबैभन्दा ठूलो दल बन्दै सरकारको नेतृत्वमा पुग्यो । हालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । २०६५ साल भदौ १५ गते सिएनआईले आर्थिक सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा मैले हरेक नेपालीको मासिक आय १२ हजार: एक राष्ट्रिय संकल्प विषयक विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै नेपाल अब तीब्र आर्थिक विकासको चरणमा प्रवेश गर्न सक्छ, राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएकाले सरकार आर्थिक विकासको एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ भन्ने मार्गचित्र पेश गरेको थिएँ । मलाई सम्झना छ– सम्माननीय प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्रीका रुपमा पहिलो औपचारिक कार्यक्रम पनि सोही थियो । ‘नयाँ नेपाल’ को नारा घन्किरहेको त्यो समयले आर्थिक विकासको रफ्तारलाई समात्नेछ भन्ने विश्वासका साथ मैले दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न निम्न अनुसारका आधारहरू पनि प्रस्तुत गरेको थिएँ :

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१. कृषिको व्यवसायीकरण । वनजन्य उद्योगलाई प्राथमिकता (फिनल्याण्डले जस्तै र कार्वन व्यापार)

२. वैदेशिक रोजगार (१० लाखबाट ५० लाख पुर्याउने)

३. जलविद्युतको विकास (१० बर्षमा १० हजार मेगावाट उत्पादन)

४. पर्यटन (वार्षिक २० लाख पर्यटक भित्रयाउने लक्ष्य)

५. उत्पादनशील क्षेत्र/विशेष आर्थिक क्षेत्रको विकास (प्रडक्ट स्पेसिफिक/सेक्टर स्पेसिफिक)

-आज म १५ बर्षपछि संसदमा उभिएर बोल्दै गर्दा त्यतिबेलाका प्राथमिकता अहिले पनि उही छन् । व्यावसायिक कृषिको नारा नीतिमा सीमित भएर बसेको छ । खेतका गराहरूमा आउनै सकेन । जसका कारण दाल, भात र तरकारीमा समेत हामी परनिर्भर बनिरहेका छौँ । वनजन्य उद्योगको अवधारणालाई बाहिर ल्याउनै सकिएको छैन । १० बर्षमा १० हजार मेगावाट जलविद्युत्को नारा चुनावी घोषणापत्रहरूमा दोहोरिरहेको  छ । भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति जनाउँदा हामीसँग हाल एकहजार मेगावाट विद्युत् पनि निर्यात गर्न सक्ने अवस्था छैन । उत्पादनशील उद्योगहरू प्रत्येक बर्ष खुम्चिँदै गएका छन् । कुनै बेला जीडीपीमा १३ प्रतिशतसम्मको योगदान गर्ने यो क्षेत्र अहिले ५ प्रतिशतमा सीमित छ ।  

यस अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या भने उच्चदरले बृद्धि भएको  छ । र, तिनै युवाले पठाएको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको चक्र (रेमिट्यान्स–आयात–राजश्व¬) चलिरहेको छ । अहिले राष्ट्रिय ढुकुटीमा वैदेशिक मुद्राको सञ्चिती बलियो बन्नुमा वैदेशिक रोजगारीमा गएका यिनै युवाहरूकै योगदान छ । तर यति धेरै मात्राको रेमिटेन्सलाई हामीले उत्पादनमूलक क्षेत्रमा पुनर्लगानी गर्न नसक्नु अत्यन्तै दुखद हो ।  

पर्यटनका बारेमा धेरै चर्चा गर्दै गर्दा धैरै नयाँ गन्तव्य खोल्न नसक्नु, निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गर्न नसक्नु र लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्न नसक्नुजस्ता जटिल समस्या यथावत छन् ।  

सम्माननीय सभामुख महोदय,  

-म विगत ३५ बर्षमा नेपाली अर्थतन्त्रका खुसीका दिनहरूलाई पनि स्मरण गर्न  चाहान्छु । २०४८ सालमा नेपाली कांग्रेसको सरकारले आर्थिक सुधार गरी खुला बजार अर्थतन्त्रको नीति अवलम्बन गरेपछि देशको अर्थतन्त्रमा उत्साहको सञ्चार भएको थियो । आर्थिक बृद्धिदर ७ प्रतिशत पुगेको थियो । निर्यात दोब्बर बनेको थियो । देशमा बहुराष्ट्रिय कम्पनीहरू डाबर, लिभर, कोलगेट जस्ता कम्पनीहरु आएका थिए । देशभित्र कार्पेट, गार्मेन्ट उद्योगहरूको विस्तार भएको थियो । त्यो उत्साह नेपाली अर्थतन्त्रले फेरि महशुस गर्न पाएको छैन ।  

-०४८ सालको आर्थिक उदारीकरणमार्फत् सुरु गरिएको सुधारले मुलुकमा निजी क्षेत्रको संस्थागत विकास हुन सकेको हो । सोही नीतिको प्रतिफलस्वरूप मुलुकमा दूरसञ्चार, बैंक तथा वित्तीय क्षेत्र, हस्पिटालिटी, यातायात तथा हवाई उड्डययन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको छ । यस नीतिले कुल गार्हस्थ उत्पादनको झन्डै ३५ प्रतिशत हिस्सा ओगट्ने यी क्षेत्रहरू विकास भएका हुन् । हामी तीन दशकअघिको आर्थिक सुधारको भरमा अर्थतन्त्र चलाईरहेका छौं । त्यसपछि दोस्रो चरणको सुधारलाई अगाडि बढाउनुपथ्र्यो । नयाँ क्षेत्रहरू पहिचान गर्दै त्यसको विकास गर्न सक्नुपर्दथ्यो । दोस्रो चरणको सुधारमार्फत् हामी डिजिटल प्रविधि, बायोटेक, फार्माजस्ता टेकबेस्ड इन्डष्ट्रीमा जानुपर्दथ्यो । त्यसो गर्न सकेको भए हामी माइक्रोसफ्टदेखि अमेजोनसम्मको आधुनिक विकाससँग जोडिन सक्थ्यौं । सोहि अवधिमा सिंगापुर, हैदरावाद र सिलिकन भ्यालीले गरेको जस्तै नयाँ ढंगको विकास पनि गर्न सक्थ्यौं होला।

-तर, सोही सुधारको ब्याज खाएर मात्रै बस्ने काम भएको छ । यस अवधिमा विश्व अर्थतन्त्रको दिशा नै यू–टर्न भएको छ । ‘डिजिटल वल्र्ड’को कारण आर्टिफिसियल इन्टेलिजेन्सका साथसाथै नवप्रवर्तनका यथार्थ हाम्रा माझ छन् र नेपाल यसको अभिन्न अंग बन्न सक्ने सम्भावना छ । त्यसैले हामीले दोस्रो चरणको आर्थिक सुधारअन्तर्गत नयाँ पोलिसी डिपार्चरमा जान ढिला भइसकेको छ ।

सम्माननीय सभामुख महोदय,

-म २०८० सालमा उभिएर १५ बर्ष अगाडि २०६५ सालको अर्थतन्त्रलाई एकपटक नियाल्न चाहन्छु ता कि हामीले यो अवधिमा के कति प्रगति हासिल गर्न सक्यौँ भन्ने तथ्य थाहा पाउनसकौँ ।

१.  २०६५ सालमा कुल ग्राहस्थ उत्पादनको आकार १२.८५ विलियन अमेरिकी डलर थियो भने हाल उक्त आकार बृद्धि भई ४५.४६ डलर पुगेको छ ।  

२.  २०६५ सालमा आर्थिक बृद्धिदर ३.५ प्रतिशत थियो भने २०८० मा ३.९ प्रतिशत हुने प्रक्षेपण छ ।  

३.  २०६५ सालमा साक्षरता दर ५५.६ प्रतिशत थियो भने २०८० सालमा ७६ प्रतिशत छ ।  

४. २०६५ सालमा गरिवीको रेखामुनि रहेको जनसंख्या २५.२ प्रतिशत थियो भने २०८० सालमा २०.२ प्रतिशतमा झरेको छ ।  

५.  २०६५ सालमा पर्यटक आगमन संख्या ५ लाख थियो भने २०८० सालमा १० लाख पुगेको छ ।  

६.  २०६५ सालमा बार्षिक ४ लाख नेपाली वैदेशिक रोजगारीमा जान्थे भने २०८० सालमा बार्षिक करिव ८ लाख नेपाली वैदेशिक रोजगारीमा जान्छन् ।  

माथिको तथ्यांकले के देखाउँछ भने विगत १५ बर्षमा समयको अन्तरालमा हुने र अन्तर्राष्ट्रिय टेन्डबाट प्रभावित हुने क्षेत्रहरू बाहेक हाम्रो आफ्नै क्षमताले आर्थिक विकासमा खास केही गर्न सकिएको छैन । त्यतिबेलाका हाम्रा प्राथमिकताहरु अहिले पनि लगभग उस्तै अवस्थामा छन् ।  

२०६१/२०६५ मा हामीले गरेको प्रक्षेपणको तुलनामा हामी अगाडि बढ्न सकेनौं ।  

-म अब हाम्रो अर्थतन्त्रमा रहेका चुनौती र सम्बोधन गर्नुपर्ने बिषयलाई म निम्न ९ बुँदामा संक्षिप्त चर्चा गर्न चाहान्छु: 

१.  अल्पविकास, गरिबी, बेरोजगारी, परनिर्भरता र असमानता अर्थतन्त्रका क्रोनिक समस्या बनेका छन् ।

२.  सरकार बाहिरको क्षेत्र (बाह्य क्षेत्र)ले राम्रो गरिरहेको छ । तर, सरकारले गर्नुपर्ने काम (विकास खर्च, राजश्व संकलन, लगानी प्रवद्र्धन, रोजगारी श्रृजना, शिक्षा स्वास्थ्यजस्ता सामाजिक सेवा आदि) मा निराशाजनक अवस्था छ ।  

३.  युवाहरूको विदेशिने क्रम तीब्र छ । यसले बजारको समग्र माग घटाएको छ । आर्थिक मन्दीबाट अर्थतन्त्र गुज्रिरहेको छ ।  

४.  आन्तरिक र बाहय लगानी संकुचित भएको छ । आर्थिक मन्दी र निरासाले लगानीबाट प्रतिफल प्राप्त हुने विश्वास गुमेको छ ।  

५.  बैंकको ब्याजदर केही मात्रामा घटेको छ । तर, कर्जा प्रवाह अवरुद्ध बनेको छ । बैंकमा तरलता थुप्रिएको छ ।

६.  सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीको दायित्व उच्च बन्दै गएको छ । कुल पुँजीगत खर्चभन्दा साँवाब्याज भुक्तानीमा खर्च गर्नुपर्ने बजेट धेरै पुगेको छ ।  

७. निर्यातभन्दा आयात १३ गुणा बढी छ ।  

८. चालु खर्चको बृद्धिदर उच्च र पुँजीगत खर्च न्यून बन्दै गएको छ । चालू आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षाका अनुसार चालू खर्च ४४ प्रतिशत पुग्दा पूँजीगत खर्च २१ प्रतिशत मात्र भएको छ ।  

९. कुल ग्राहस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा भारत, बंगलादेश र श्रीलंकामा २० प्रतिशतभन्दा माथि छ । नेपालमा ५ प्रतिशतमा सीमित छ ।  

सम्माननीय सभामुख महोदय,

-म हाम्रो विकास अवधारणामा रहेका केही समस्या जुन हरेक लगानीकर्ताले व्यहोरिरहेका छन्, त्यसका बारेमा संक्षिप्त चर्चा गर्न चाहान्छु । हाम्रो विकासको अवधारणामा हामी अहिले पनि प्रष्ट छैनौँ । हामी ‘गोरू चुट्ने, हलो अड्काउने’ विकास नीति लिएर हिडिरहेका छौँ । हामी हाईड्रो बनाउने लाईसेन्स दिन्छौँ तर हाईटेन्सन लाईनमा बिजुली जोड्न नसक्ने वातावरण बनाईदिन्छौँ । सिमेन्ट उत्पादन गर्ने लाईसेन्स दिन्छौँ तर चुन ढुंगा निकाल्न नसक्ने अवस्था बनाईदिन्छौँ । सडक बनाउन बजेट छुट्टयाउँछौँ, सडक बनाउने ठाउँका रूख काट्न प्रतिवन्ध लगाउँछौँ ।  

-अहिले आमनागरिक र विशेष गरि युवाहरू निराश छन् । उनीहरू निराश हुनुको कारण राजनीतिक भागवण्डा नपाएर होइन, आर्थिक विकासको दुरूह अवस्थाले हो । त्यसैले हामीले तत्काल आम नागरिक र युवाहरूलाई आशावादी बनाउनु र देशको अर्थतन्त्रलाई सवल बनाउँदै आर्थिक विकासको बाटोमा अगाडि बढ्नुपर्छ । त्यसका लागि हामीले निम्न काममा फोकस गर्नुपर्छ भन्ने मलाई लाग्छ:

१. विकास परियोजना कार्यान्वयनको उदेगलाग्दो अवस्था (उदाहरणका रुपमाः मेलम्ची, फास्ट ट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा सिंचाई, नारायणगढ–बुटवल सडक) लाई अन्त्य गर्दै विकास परियोजनालाई तीब्र गतिमा कार्यान्वयन गरेर देखाउने ।

२.  सरकारको चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने । बजेटमा पुँजीगत खर्चको अंश ५० प्रतिशत पु-याउने रणनीति लिने । विनियोजित पुँजीगत खर्च समयमा खर्च गर्ने अनिवार्य व्यवस्था मिलाउने ।

३.  विकास परियोजना कार्यान्वयन गर्ने र कार्यान्वयन गर्न नसक्ने कर्मचारीतन्त्रलाई पुरस्कार र दण्डको व्यवस्था गर्ने, प्रशासनमा राजनीतिकरण अन्त्य गर्ने । महत्वपूर्ण परियोजनाको जिम्मेवारीमा रहेका कर्मचारीलाई सरकार परिवर्तन हुने वित्तिकै हेरफेर गर्ने काम रोकिनुपर्छ ।  

४.  लगानीकर्ताप्रतिको नकारात्मक सोचको अन्त्य गर्ने । उनीहरूप्रति सम्मानजनक व्यवहार गर्ने ।  

५.  वर्तमान अवस्थामा समस्यामा रहेका निर्माण व्यवसायी, निर्माण सामग्री, ठूला लगानी भएका तर खस्किदै गएका उद्योग र परियोजनाको रिभाइवल गर्नुपर्छ ।  

सम्माननीय सभामुख महोदय,

म यस अवधिमा कहाँ के विग्रियो भन्ने पक्षमा पनि केही चर्चा गर्न चाहान्छु ।  

-७ प्रतिशत अनुपातको मूल्यबृद्धि: मैले आज प्रस्तुत गरेको २० वर्षको काल खण्डमा आमनेपाली जनताले खेपेको सबैभन्दा ठूलो मर्कामध्ये मूल्यबृद्धि पनि पर्दछ । नागरिकको भान्साले आजको अर्थतन्त्रलाई प्रष्ट पार्दछ । भनिन्छ, पिपल्स किचन एक्सप्लेन दि करेन्ट इकोनोमी ।

-मागमा कमी: केहि समय अगाडिसम्म हामी भन्दै थियौं, अर्थतन्त्र लयमा फर्किदै छ । तर म यहाँ एउटा डरलाग्दो तथ्यांक प्रस्तुत गर्न चाहन्छु । विगत केहि समय अगाडि नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको छ । माग घट्नु भनेको वस्तु तथा सेवाको उपभोग घट्नु हो । सोहि अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेका छन् ।

सम्माननीय सभामुख महोदय,

निजी क्षेत्रले लगानी नगरी रोजगारी वृद्धि हुदैन, रोजगारी वृद्धि नभई मागमा वृद्धि गर्न  सकिदैन । अर्थतन्त्रको यो चुरो विषयलाई हामी सबैले बुझ्न किन हिच्किचाईरहेका छौं ?

हाम्रा सम्भावनाहरू

हामी समस्याग्रस्त मात्रै होइन, विविध आरोह र अवरोहकाबीच हामीले केहि क्षेत्रमा प्रगति हासिल गरेका छौं, केहि क्षेत्रमा सम्भावनाहरू पहिचान भएका छन् र केहि क्षेत्रमा हामीले थोरै प्रयत्नबाट पनि ठुलो फड्को मार्न सक्ने सम्भावनाका क्षितिजहरु देखा परेका छन् । सर्वप्रथम, हाम्रा आँखा अगाडिका सम्भावनाहरुको बारेमा चर्चा गर्न चाहन्छु ।

-स्थानीय सरकारहरुको क्षेत्र पहिचान: यो हामीमध्ये थोरैले पहिचान गरेको क्षेत्र हो भन्ने लाग्दछ । स्थानीय सरकारहरु संघीयताका सबैभन्दा उज्याला पक्षहरु हुन् । कुनै एउटा निकायलाई स्वायत्त अधिकार दिँदा कसरी उसलै राम्रो काम गर्न सक्दछ भन्नै नमुना उदारहण पनि हुन् । विगत ७ वर्षको स्थानीय सरकारको अभ्यासबाट नेपालका लगभग सबै स्थानीय सरकारहरुले अब कुन क्षेत्रमा कुन प्रकारको पुँजी (जस्तै भौतिक पूँजी, मानव पूँजी, सामाजिक पूँजीमा) मा लगानी गर्दा कुन नयाँ क्षेत्रमा केन्द्रित हुँदा आर्थिक संरचनामा नै अमूल परिवर्तन गर्न सकिन्छ भन्नेमा धेरै अनुभवजन्य ज्ञान प्राप्त गरेका छन् । जब म मेरो निर्वाचन क्षेत्र जान्छु, पालिकाका प्रमुखहरु आफ्नो पालिकालाई कसरी विकसित गर्न सकिन्छ भन्ने बारेमा धेरै नैं प्रष्ट भएको पाउँछु । अहिलै स्थानीय सरकारलै खेपिरहेको बजेट अभावलाई अन्त्य गर्नुपर्दछ । विकास परियोजनामा साधारण खर्चकौ सिलिङ तोक्ने र त्यस्ता परियोजनाको निर्माण स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्दछ ।  

हाम्रो थोरै प्रयत्नबाट प्राप्त हुने सम्भावनाका क्षेत्रहरुको बारेमा पनि म चर्चा गर्न चाहन्छु ।  

- नेपाल आजको मितिमा अमेरिकामा विदेश विद्यार्थी पठाउने देशमा १२ औं नम्बरमा पर्दछ । त्यसैगरी हाम्रा युवाहरुले अन्य धेरै विकसित देशहरुमा पनि उच्च शिक्षा हासिल गरिरहेका छन् । उनीहरुलाई देश फर्काउन सकियो भने नविनतम सोचका साथ उद्यमशीलता विकासमा ठूलो फड्को मार्न सक्ने सम्भावना रहन्छ । तर हामीले हाम्रा विद्यार्थीहरूलाई नेपालमै वल्र्डक्लास एजुकेसनको व्यवस्था मिलाउनेतर्फ ध्यान दिनुपर्छ । विश्वका नाम चलेका विश्वविद्यालयहरुलाई उनीहरुसँगको सहकार्यमा नेपालमा नै ल्याउन सकियो भने नेपालाई शैक्षिक हव बनाउन सकिन्छ ।  

सम्माननीय सभामुख महोदय,

-प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालिन सरकारले खुला बजार अर्थतन्त्र, निजिकरण र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्बन गरेपछि राज्यको स्वामित्वमा रहेका सस्थानहरूको निजिकरण प्रकृया शुरू भएको हो । सरकार आफैले चलाईरहेका उद्योगहरूको संचालनमा व्यहोर्नु परेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इटाटायल कारखाना गरी तीनवटा सरकारी उधोगको निजीकरण गर्ने निर्णय सरकारले गरेको थियो । बाँसबारी छालाजुत्ता कारखाना लि. सँगै च्याम्पियन, फुटवेयर लि. मा कारखानाको नाममा रहेको २५% शेयर समेत लिलामी मार्फत विक्री गर्ने तत्कालिन सरकारको निर्णयानुसार लिलामिको दोस्रो सूचनामा उत्कृष्ट प्रस्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको हो ।  

-म विगत ४५ बर्षदेखि नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा सक्रियतापूर्वक क्रियाशिल छु । नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाई विश्वमा नेपालको गौरव बढाउन सकिन्छ भन्नेमा गहिरो विश्वासले गर्दा मलाई यो बाटोमा डो¥याइरहेको छ । म आफ्नो उद्यम व्यवसायका माध्यमद्वारा होस् वा निजी क्षेत्रका नेतृत्वदायी सस्था नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षका रुपमा वा राजनीतिका माध्यमद्वारा, मेरो एकमात्र उदेश्य नेपाललाई आर्थिक रुपमा सम्पन्न मुलुकका रुपमा स्थापित गर्नु हो । मैले मेरो जीवनकाल विकास केन्द्रित अभियानमा विताएको छुँ । यस्तो नितान्त आर्थिक बिषय राजनीतिक बिषय बन्नु आफैमा दुखलाग्लो बिषय भएको मैले अनुभव गरेको छु । यस्तो बिषयलाई राजनीतिकरण गर्ने प्रवृत्तीले वर्तमान अर्थतन्त्रका चुनौतीलाई थप जटिल बनाउँछ भन्ने मलाई लाग्दछ । देशले लामो सयमदेखि प्रतिक्षा गरिरहेको बिषय पनि यहि नै हो । यसलाई पार्टीगत रुपमा विरोध वा समर्थनको बिषय बनाईनु हुदैन भन्नेमा कसैको विमती रहनेछैन भन्नेमा पनि म उत्तिकै विश्वास राख्दछु । पश्चिम नवलपरासीका नागरिकले मलाई प्रतिनिधिसभा सदस्यमा सहज निर्वाचित गर्नुको पछाडि पनि मेरो विकासप्रतिको यहि प्रतिवद्धता नै मुख्य आधार हो भन्ने मैले महशुस गरेको छु ।  

अन्त्यमा, सबैले गम्भिरतापूर्वक समिक्षा गर्न जरूरी छ– के हाम्रो राजनीति, प्रशासनिक संरचना, संस्कार र क्षमतामाथि भनिए झैं नयाँ क्षेत्रको पहिचान र त्यसको दीर्घकालिन योजनासहितको कार्यान्वयनका लागि तयार छ ? छैन भने त्यो सबै गराउने जिम्मा यो सम्मानित सदनको हो । सरकारले पनि खुला हृदयकासाथ सदनसँग संवाद गर्नुपर्छ । र, सदनले त्यसमा नेतृत्वदायी भूमिका खेल्नुपर्दछ भन्ने मान्यताका साथ मेरा धारणाहरुलाई यहि विट मार्दछु ।  

धन्यवाद । जय नेपाल ।        

५ चैत २०८०  

(सांसद तथा देशका एक मात्र डलर अर्बपति  विनोद चौधरीले आर्थिक बर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा संसदमा राखेका धारणा)


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X