काठमाण्डौ । दशैंका लागि काठमाण्डौबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोवारवालसँग अग्रिम टिकट बुकिङको विषयमा छलफल हुन लागेको हो ।
दशैं नजिकिएसँगै हालससम्म पनि काठमाण्डौबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङको खुल्न सकेको छैन । गत भदौ २३ र२४ गते भएको जेनजी आन्दोलनका कारण सिर्जित परिस्थितीका कारण अग्रिम टिकट बुकिङमा ढिलाई भएको हो ।