काठमाण्डौ । स्टक ब्रोकर्श एशोशियसन अफ नेपालको ३१ औं वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना हुने भएको छ ।
उक्त सभा पोखरामा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।
सभामा एशोशियसनको तर्फबाट अध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाबसहितको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, एशोशियसनको तर्फबाट कोषाअध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ब्रोकर्स सापटी कोष सञ्चालनका सम्बन्धमा कार्यविधि तथा निर्णयहरु अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

