काठमाण्डौ । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगमा बयान दिन जान तयार रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आयोगले बोलाएको जानकारी लिएर सोमबार बयान दिने निर्णय गरेको बताए।
उनका अनुसार, आयोगले उनलाई बिहीबार बयानका लागि बोलाएको थियो, तर उनले सोमबार १४ गते उपस्थित हुने बताएका छन्।

