Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ब्रिटिस कलेजद्वारा अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’कार्यक्रमको आयोजना

Global IME Bank Limited
ब्रिटिस कलेजद्वारा अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरुलाई स्वागत गर्दै बिभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठ जना विद्यार्थीहरुसँगै टीबीसीका विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टीबीसीको यस प्रयासमा १६ जना विद्यार्थीहरुले ‘इन्टरनेट अफ थिङ्ग्स’जस्ता नविन परियोजनाहरुमा संलग्न हुने मौका पाएका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डा.पुनेह बघेरी जादेह, ब्रिटिस कलेजका हेड अफ द स्कुल अफ कम्प्युटिङ रोहितराज पाण्डे लगायतका प्रोग्राम लिडरहरुको सहभागितामा उत्साहजनक कार्यक्रमहरु भए । नेपालको अनुपम भूगोल र मौषमी अवस्थाको लागितयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स (एआई) परियोजना मार्फत विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाए ।

विशेष खालको भुगोल र जलवायू अनुकूल बनाइएका ेएआई परियोजनाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरुले भिन्नखालको संस्कृतिमा प्रवेश गर्ने अवसर पाए । सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनुका साथै विश्व सम्बन्धी दृष्टिकोण विस्तार गर्ने अवसरहरु समेत विद्याथीहरुले पाएको कलेजले जनाएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पुनःस्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याक्रडेनले भने, ‘पुनः एक पटक लिड्स बेकेट युनिभर्सिटीबाट आएकाविद्यार्थीहरुलाई स्वागत गर्न पाउँदाहामीउत्साहित छौं । यो पहलविद्यार्थीहरुकालागि महत्वपूर्ण शिक्षाप्रदान गर्न मात्रै नभई हाम्रा साझेदार संस्थाबीचको सम्बन्धलाई मजबूदबनाउन र विश्वब्यापी सहकार्यलाई प्रोत्साहित गर्न पनिउत्तिकै महत्वपूर्ण साबित भइरहेको छ ।’


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.