बुधबार, चैत्र २५,२०८२ 04:00:49
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 04:00:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अभिकर्ताको क्षमता विकासमा नेशनल लाइफको ‘मन्थन’ अभियान

Bizshala
अभिकर्ताको क्षमता विकासमा नेशनल लाइफको ‘मन्थन’ अभियान
Shivam Cement

काठमाण्डौ । National Life Insurance Company Limited ले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले “मन्थन २०८२” नामक मासिक योजना अन्तर्गत उत्कृष्ट बीमाशुल्क संकलन गर्न सफल अभिकर्ताहरूलाई छनोट गरी सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न शाखाबाट करिब १६० जना अभिकर्तालाई तालिम प्रदान गरेको हो। उक्त तालिम महेन्द्रनगरस्थित Hotel Opera मा आयोजना गरिएको थियो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक Syed Afzal Ahmad ले बीमा क्षेत्रमा प्रतिष्ठित ‘एमडीआरटी’ (MDRT) लक्ष्य हासिल गर्ने उपायबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए।

कार्यक्रमको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्मा ले गरेका थिए भने सुदूरपश्चिम प्रदेश प्रमुख नवीनकिशोर भट्टले सहभागीलाई स्वागत गरेका थिए। यस अवसरमा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूको पेशागत उत्कृष्टता विकासका लागि कम्पनीले निरन्तर तालिम तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका थिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रमकै अवसरमा विभिन्न शाखाबाट उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो। शाखास्तरमा प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको कम्पनीले जनाएको छ।

तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर उपलब्ध गराएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्। साथै, सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको अनुभूति भएको बताएका छन्।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.