काठमाण्डौ । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई निरन्तरता दिँदै मंगलपुर, चितवनमा नयाँ शोरुम उद्घाटन गरेको छ । अथर्र्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम वैशाख ७ गते बिहान ११ः०० बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो । उक्त उद्घाटनले चितवन तथा आसपासका ग्राहकहरूलाई कजारियाका प्रिमियम टायल समाधानहरू अझ सहज रूपमा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदमका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, ‘अथर्र्व इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौं।
यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा, उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित टायल समाधानहरू प्रदान गर्ने ठूलो सम्भावना देखिरहेका छौं ।’

