Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सानिमा जिआइसी इन्स्योरेन्सले १७७% ले बढायो कर्मचारी बोनस, तलब समेत १६१% ले वृद्धि

Global IME Bank Limited
सानिमा जिआइसी इन्स्योरेन्सले १७७% ले बढायो कर्मचारी बोनस, तलब समेत १६१% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई खुशी बनाएको छ । कम्पनीले गत वर्षमात्रै आफ्ना कर्मचारीहरुलाई ४ करोड ४५ लाख रुपैयाँ बोनस वितरण गरेको छ ।  

कम्पनीले गत वर्ष बाँडेको कर्मचारी बोनस अघिल्लो वर्षको तुलनामा १७७.६८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले कर्मचारीलाई १ करोड ६० लाख रुपैयाँ मात्रै बोनस बाँडेको थियो ।  

साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जिआइसीले कम्पनीमा कार्यरत कर्मचारीको तलब पनि वृद्धि गरेको छ । कम्पनीले गत वर्ष कर्मचारीलाई १० करोढड ५२ लाख रुपैयाँ तलब वितरण गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १६१.८४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ४ करोड १ लाख रुपैयाँ तलब बाँडेको थियो ।  

यसका साथै भत्ता स्वरुप कम्पनीले ७ करोड ९८ लाख रुपैयाँ वितरण गरेको छ । यो रकम पनि अघिल्लो आवको तुलनामा १५०।६१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीहरुलाई ३ करोड १८ लाख रुपैयाँ भत्ता प्रदान गरेको थियो । यसका साथै दशैं, तिहार र छठ जस्ता चापर्वमा दिने भत्ता पनि १५०.६१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षमा ४६ लाख रुपैयाँ मात्रै चाडपर्व भत्ता बाँडेको कम्पनीले गत आवमा ५९ लाख रुपैयाँ भत्ता बाडेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, सामाजिक सुरक्षा कोष जस्ता सुविधामार्फत पनि कम्पनीले गत वर्षमा कर्मचारीको कोषमा १६१.८३ प्रतिशतले सुविधा बढाएर १ करोड ९२ लाख रुपैयाँ जम्मा गरिदिएको छ । यसका साथै बिदा बापत पाउने भत्ता पनि २७५.२० प्रतिशतले बढाएर १ करोड ८२ लाख रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवमा कम्पनीले बिदा वापत वितरण गर्ने भत्ताका लागि ४६ लाख रुपैयाँ मात्रै छुट्याएको थियो ।  

यसका साथै कर्मचारी तालिम, कर्मचारीको स्वास्थ्य तथा दुर्घटना बीमा र ओभरटाइम काम गरेबापत दिइने भत्तामा कम्पनीले १ करोड १७ लाख रुपैया छु्ट्याएको छ । जुन यो रकम अघिल्लो आवको तुलनामा १८४.०३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले यी शिर्षकहरुमा ४१ लाख रुपैयाँ मात्रै छुट्याएको थियो ।  

यसरी कम्पनीले गत आवमा कर्मचारी सेवा सुविधाका लागि कुल २८ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा १६१.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले कर्मचारी सुविधाका लागि १० करोड ९१ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.