आईतवार, बैशाख १४,२०८२ 04:37:00
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:37:00
IME remit
Global IME Bank Limited

सार्वजनिक निकायको बेरुजु करिब १२ खर्ब, आर्थिक सुशासनको धज्जी उडाउनेमा अर्थमन्त्रालय नै अगाडि

Hyundai Nepal
सार्वजनिक निकायको बेरुजु करिब १२ खर्ब, आर्थिक सुशासनको धज्जी उडाउनेमा अर्थमन्त्रालय नै अगाडि
Nabil Bank Limited

काठमाण्डौ । सार्वजनिक निकायको बेरुजु अत्यासलाग्ने शैलीमा बढेर ११ खर्ब ८३ अर्ब माथि पुगेको छ ।  

राजश्व बक्यौता तथा बेरुजु रकम बढ्दै गएर सार्वजनिक निकाय लापरबाही ढंगले चल्न थालेपछि यसको प्रभाव बेरुजुमा देखिएको हो ।  

महालेखा परीक्षकले आइतबार प्रकाशित गरेको आफ्नो ६१ औं प्रतिवेदनमा यस्तो देखिएको हो ।  

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अद्यावधिक बेरुजु गत वर्षको भन्दा १४.०५ प्रतिशतले बढेको देखिएको छ ।  

यस्ता निकायको बेरुजुको अतिरिक्त लेखापरीक्षण बक्यौता, राजश्व बक्यौता, शोधभर्ना लिनुपर्ने  वैदेशिक अनुदान तथा ऋण रकमका सम्बन्धमा  समयमै कारबाही गरी टुंगो लगाउनुपर्ने अद्यावधिक रकम ५ खर्ब १३ अर्ब ४० करोड बढी रहेको छ ।  

यसरी कारबाही गरी टुंगो लगाउनुपर्ने अद्यावधिक बेरुजु रकम झण्डै १२ खर्ब पुगेको हो ।  

यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्था समेतको रु. ७८ खर्ब ८० अर्ब ८७ करोडको लेखापरीक्षण गर्दा रु. १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ । लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि रु. ३२ अर्ब १४ करोड(कुल बेरुजुको २५.१६ प्रतिशत) सम्परीक्षण भएकोले रु. ९५ अर्ब ६० करोड बेरुजु फस्र्यौट हुन बाँकी रहेको महालेखाले जनाएको छ ।  

बेरुजु बढी देखिएका मन्त्रालयहरुमा सबैभन्दा अगाडि अर्थ रहेको छ । अर्थमन्त्रालयको बेरुजु कुल बेरुजुको ५४.७४ प्रतिशत रहेको छ ।  

त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय(२५.९९प्रतिशत), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय(६.७१ प्रतिशत), उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय(२.१९ प्रतिशत), सहरी विकास मन्त्रालय(१.९८ प्रतिशत) रहेको छ ।  

प्रदेश सरकारतर्फ सबैभन्दा बढी बेरुजु मधेश प्रदेशको ३.६७ प्रतिशत र सबैभन्दा घटी सुदुरपश्चिम प्रदेशको ०.७९ प्रतिशत रहेको छ ।  

के हो बेरुजु ?

कुनै पनि सार्वजनिक निकायले कुनै पनि आर्थिक वर्षमा गरेको आर्थिक कारोबारको विषयमा उक्त निकायको उद्देश्य तथा कार्यक्रम अनुसार प्रचलित ऐन नियम बमोजिम कारोबार नगरेको, राख्नुपर्ने लेखा नराखेको वा त्रुटि र अनियमित तरिकाले आर्थिक कारोबार गरेको भनी आन्तरिक लेखापरीक्षण तथा अन्तिम लेखा परीक्षणबाट औँल्याइएको  कैफियतलाई बेरुजु भनिन्छ । बेरुजु हुनु भनेको आर्थिक सुशासनलाई कमजोर बनाउनु र आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो । तर बेरुजु निस्कँदैमा आर्थिक हिनामिना नै भइसक्यो भन्न चाहिँ सकिँदैन । यसलाई जतिसक्यो छिटो नियमित गरिनुपर्दछ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.