आईतवार, बैशाख १४,२०८२ 04:42:41
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:42:41
IME remit
Global IME Bank Limited

गर्मीमा कसरी राख्ने कारलाई सुरक्षित र कुल ? यी टिप्स हुन सक्छन् उपयोगी

Hyundai Nepal
गर्मीमा कसरी राख्ने कारलाई सुरक्षित र कुल ? यी टिप्स हुन सक्छन् उपयोगी
Nabil Bank Limited

काठमाण्डौ। अहिले देशव्यापी तापक्रम बढ्दो छ। दिउँसो तापमान धेरै भएकाले घरबाहिर निस्कनै कठिन भईरहेको अवस्था छ। यस्तो बेला कतै बाहिर जानुरेमा कारमा यात्रा गर्नु राम्रो हुुन्छ। किनकि कारको यात्राका दौरान गर्मीबाट बचिन्छ नै एसी भएका कारण आनन्दित पनि भइन्छ। तर गर्मीको मौसममा आफ्नो कार कूूल र फिट राख्न चाहनुहुन्छ भने कारको सही तरिकाले हेरविचार गर्न आवश्यक पर्छ। यहाँ हामी तपाइँलाई केही जरुरी कुराहरु जानकारी दिदैछौं जसले गर्मीमा कार फिट राख्न मद्दत गर्नेछ।

एसीको सर्भिसिङ गर्न आवश्यक  

गर्मीयाममा सबैभन्दा पहिले कारको एसी सर्भिस गर्न आवश्यक हुन्छ । यदि एसी ठीक ढंगले कूूलिगं नभइरहेको भए यसको ग्यास चेक गर्नुपर्ने हुन्छ। यसका अलावा रेडिएटर पनि सफा गर्नुपर्छ। यी सबै कार्य गरेपछि एसीले राम्रो ढंगले कुलिङ दिन्छ । साथै, एसीको आयु पनि लम्बिन्छ। एसीको सर्भिस भने आधिकारिक सर्भिस सेन्टरबाट नै गर्नु उत्तम हुन्छ।

कुलेन्ट जाँच गर्ने

गर्मीमा कार चाँडै न गरम हुन्छ। तर कुलेन्टको मद्दतले इन्जिन चिसो पार्न मद्दत गर्छ । कारमा कुलेन्टको मात्रा एकदम सही हुनुपर्छ। कुलेन्ट कम भएको खण्डमा इन्जिन तात्तिएर बन्द हुन सक्छ। कारमा कुलेन्ट एक्सट्रा बोतल पनि राख्न सकिन्छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

रेडिएटर चेक गर्ने

समय–समयमा रेडिएटरमा जडित पंखा पनि चेक गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा पंखा नचलेका कारण गाडी तातो भएर बन्द हुन्छ। यसका लागि यसको जाँच गर्न आवश्यक हुन्छ।

इन्जिन आयल चेक गर्ने

कारका लागि इन्जिन आयल सबैभन्दा अहम मानिन्छ। सर्भिसका दौरान इन्जिन आयल पनि फेर्नुपर्छ। कतिपय अवस्थामा इन्जिन आयल सुख्खा भएमा वा कालो भएमा लुब्रिकेन्ट घट्छ जसले गाडीलाई धेरै नोक्सान पुर्याउँछ र गाडी तातिन पनि थाल्छ।

आयल फिल्टर

कार सर्भिसिङ गर्दा  इन्जिन आयल फेर्ने बेलामा आयल फिल्टर पनि बदल्नु पर्छ । यसो गरेमा तपाइँको कारको स्वास्थ्य राम्रो रहनेछ।

सिटलाई ढाक्ने  

प्रायःजसो कारको  सिटमा लेदरले ढाकिएको हुन्छ । गर्मी मौषममा लेदर चाँडै तात्ने गर्छ । जसको कारण गाडीसमेत निकै तात्ने गर्छ । गर्मीमा  सिटलाई चिसो राख्न ब्ल्याङ्केटले ढाकेर राख्नु उचित हुन्छ ।  

ड्याशबोर्ड कभरको प्रयोग गर्ने  

सूर्यको प्रकाशबाट ड्याशबोर्डलाई जोगाउनको लागि ड्याशबोर्ड कभरको प्रयोग गर्नुपर्छ । जसमार्फत केही हदसम्म सुर्यको तापलाई कम गर्न सकिन्छ । यसका साथै, यसले प्यानललाई ड्यामेज हुनबाट समेत जोगाउन मद्धत पुर्याउछ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.