आईतवार, जेष्ठ ३,२०८३ 09:42:31
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:42:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
Shivam Cement

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नविन सुरक्षण कार्यक्रमहरु मार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गरी नेपाल सरकारको सुचना प्रबिधिनीतिलाई आत्मसाथ गर्ने अभिप्रायले होटल रोयल सिङ्गीमा गत शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । 

२ बजेदेखि आयोजित उक्त कार्यक्रममा ‌औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तर्फबाट ई. उमेश कुमार गुप्ता, नास आईटीका प्रमुख, क्यान फेडेरेशनका विभिन्न पदाधिकारीहरु, काठमाण्डौ महानगरपालिका कर्मचारीहरु,बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु तथा उच्च पदस्थ कर्मचारीहरु,सुचना प्रबिधि कम्पनीका संचालक तथा कर्मचारीहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरु लगायत विभिन्न मिडिया हाउसका मिडियाकर्मीहरु गरी ९० जनाको सहभागीता रहेको थियो ।

Bizshala
New Office
CG Motors

कोषका प्रबन्धक मन्दीरा थपलियाले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषका प्रमुख कार्याकारी अधिकृत रमेश घिमिरेले आइसब्रेक गर्दै कोषले प्रस्ताव गरेको सुचना प्रबिधि सम्बन्धी तीन ओटा कार्यक्रमहरुको बारेमा जानकारी गराए ।बैंक वित्तीय संस्थाहरुले प्रबाह गर्ने कर्जाको मोडालिटी, कर्जा लिनेको कर्तव्य, भुक्तानी तरिकाआदिको बारेमा प्रमुख कार्याकारी अधिकृतले जानकारी दिए । 

त्यसपछि खुला छलफलमा सहभागीहरुको तर्फबाट आएका विभिद टीका टिप्पणीहरुको बारेमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले थप प्रष्ट पारे । ‌औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका ई. उमेश कुमार गुप्ताले समग्र कार्यक्रमको सार सहित कार्यक्रम शुरुवातको पृष्ठभूमि तथा प्रतिष्ठानको जानकारी सहित कार्यक्रम नतिजामूखी हुने कुरामा विश्वास दिलाए ।

सहभागीहरुबाट प्राप्त सुझाबहरुलाई मनन गर्दै सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कोष कटिबद्ध रहेको र सुचना प्रबिधि कम्पनी र बैंक वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने हुँदा सहयोगको सदैव अपेक्षा सहित कार्यक्रमको सन्दर्भमा पुनः छलफल गर्ने प्रतिवद्धतासहित कार्यक्रम समापन गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.