काठमाण्डौ । क्यानडाले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरु(ईभी)मा शतप्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिका र युरोपियन युनियनलाई पछ्याउँदै क्यानडा सरकारले सोमबार यस्तो घोषणा गरेको हो ।
आइतबार अमेरिकाका सुरक्षा सल्लाहकार जेक सुलिभानले क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको नेतृत्वको मन्त्रीमण्डलसँगको भेटवार्ताको क्रममा चिनियाँ ईभीमाथि कर बढाउन प्रोत्साहन गरेका थिए । जसको एकदिनपछि क्यानडेली सरकारको यस्तो निर्णय सार्वजनिक भएको हो ।
सुलिभानले आफ्नो पहिलो बेईजिङ भ्रमण मंगलबार गर्दैछन् ।
क्यानडाका प्रधानमन्त्रीले चिनियाँ स्टिल र आल्मुनियममा समेत २५ प्रतिशत शुल्क बढाइने बताएका छन् । उनले चीनले विश्वबजारबाट असान्दर्भिक फाइदा उठाउन खाजेको आरोप लगाएका छन् । चीनबाट भने क्यानडाको यस्तो निर्णयप्रति कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                