डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो । आज यूरो र पाउण्डको भाउ भने बढेको छ । यो दिन एक यूरोको खरिददर १६३.७५ रुपैयाँ र बिक्रीदर १६४.४५ रुपैयाँ कायम भएको छ ।...

