सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने, रास्वपा उम्मेदवार बन्ने
काठमाण्डौ । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलले राजीनामा दिने भएका हुन् ।स्रोतका अनुसार खरेल ललितपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् । उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्दैछन् ।

