सरकारद्वारा ज्येष्ठ नागरिकलाई वृद्धभत्ता नलिन प्रोत्साहन, व्यवसाय गरे सहुलियत ऋण उपलब्ध गराईने
काठमाण्डौ । सरकारले आर्थिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा नलिन प्रोत्साहन गर्ने नीति अघि सारेको छ। प्रस्तावित ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ मार्फत सरकारले ‘सक्नेले छाडौँ, नसक्नेले लिऔँ’ भन्ने अभियानलाई संस्थागत गर्न खोजेको हो।महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नीतिको...

