सर्वोच्चको ऐतिहासिक फैसला: विधवा महिलाको सम्पत्ति अधिकार सुनिश्चित, दोस्रो विवाह गरेपनि सम्पत्ति फिर्ता गर्न नपर्ने व्यवस्था खारेज
काठमाण्डौं– महिलाको अधिकारलाई प्रभावित गर्ने कानूनी व्यवस्था खारेज गर्दै सर्वोच्च अदालतले एकल महिलाको सम्पत्ति अधिकार सुनिश्चित गरेको छ।सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) खारेज गर्दै विधवा महिलाले पुनः विवाह गरेपनि पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्न नपर्ने व्यवस्था कायम गरेको हो ।

