ऊर्जा क्षेत्र सुधारका लागि प्रसारण लाइन विस्तारदेखि लगानीमैत्री नीतिसम्ममा जोड दिइनेछ: उर्जा मन्त्री
काठमाण्डौ। सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै जलविद्युत् लगानी, विद्युत् खपत विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् क्षेत्रका संरचनागत तथा नीतिगत अवरोध हटाएर निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने सरकारको योजना रहेको बताएका...

