अर्घाखाँची बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ४ पुग्यो, केहीको अवस्था गम्भीर
काठमाण्डौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कुडेलेमा सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रु बोकेको बस मंगलबार दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन्। मृतकमध्ये तीन महिला र एक पुरुष रहेका छन्, जसको पहिचान खुल्न बाँकी छ।

