सीजी नेटको इन्टरनेट सेवा प्रभावित, फोन सपोर्ट प्रणालीमा समेत समस्या
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटको इन्टरनेट सेवा प्रभावित बनेको छ । काठमाण्डौको सतुङगलस्थित प्रमुख डेटा सेन्टरमा आगलागी तथा क्षति पुगेका कारण कम्पनीको इन्टरनेट सेवामा समस्या उत्पन्न भएको हो ।