टेम्पो भीरबाट खसेको घटनामा प्रदेश सरकारद्वारा छानबिन समिति गठन
काठमाण्डौ । कैलालीको गोदावरीमा टेम्पो भीरबाट खसेको घटनाको सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्दै घटनाबारे विस्तृत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।

