एभरेष्ट बैंक र चिनो हाईड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रु १२६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाईड्रो पावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।