कक्षा १२ को परीक्षा नसर्ने
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै हुने बताएको छ । शिक्षकहरुको आन्दोलनका कारण परीक्षा स्थगित भएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको विषयप्रति ध्यानाकर्षण जनाउँदै बोर्डले परीक्षा नसरेको बताएको हो ।