प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध १६ उजुरी
काठमाण्डौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन् । संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत सार्वजनिक रूपमा उजुरी आह्वान गरिएपछि विभिन्न व्यक्ति तथा सरोकारवाला पक्षबाट ती उजुरी दर्ता भएको बताइएको छ ।

