डीडीसीभित्र सेटिङको शंका: सीआईबीले उठायो तीन वर्षका निर्णय फाइल
काठमाण्डौ । सरकारी स्वामित्वको डेरी डेभलपमेन्ट कर्पोेरेसन(डीडीसी)भित्र बढ्दो आर्थिक अव्यवस्था, किसान भुक्तानी संकट र सम्भावित वित्तीय अनियमिततामाथि अनुसन्धान सुरु भएको छ । यही सन्दर्भमा नेपाल प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरो(सीआईबी)ले बुधबार डीडीसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा आकस्मिक सर्च अप्रेसन गरेको छ ।स्रोतका अनुसार सीआईबीको टोली बिहानै डीडीसी...

