भारतीय भन्सार महसुलको असरः स्टिल निर्यात घट्दा नेपालले गुमायो रु.१०.५९ अर्ब
काठमाण्डौ । नेपालबाट भारततर्फ हुने फलाम तथा स्टिलको निर्यातमा ठूलो गिरावट आएको छ। भारत सरकारले स्टिलजन्य उत्पादनमा लागू गरेको ‘सेफगार्ड ड्युटी’ अर्थात् संरक्षणात्मक भन्सार महसुलका कारण चालु आर्थिक वर्षको ११ महिनामा नेपाली स्टिल निर्यात ६८.६७ प्रतिशतले घट्न पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको स्टिल निर्यात भएकोमा चालु आर्थिक वर्षमा...

