CORPORATE

फिस्टेल ड्रीम पार्कले आईपीओ जारी प्रक्रियाका लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पोखरास्थित फिस्टेल ड्रीम पार्कको जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई प्रति शेयर रु. १०० अंकित मूल्यमा आईपीओ जारी गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्काशन प्रक्रियालाई अघि बढाउनका लागि ३० लाख कित्ता साधारण शेयर बिक्री गर्न नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।