विदेशी विनिमय सञ्चिति २३% ले बढेर रु.३३.०२ खर्ब पुग्यो, कति महिनाको आयात धान्न पर्याप्त ?
काठमाण्डौ । विदेशी विनिमय सञ्चिति २३.३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत असार महिनासम्ममा विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

