लिखित सहमति नजुट्दा तीन दिनदेखि निजगढमै रोकिए मिटरब्याजपीडित
काठमाण्डौ । सरकारसँग चार चरणसम्म वार्ता भए पनि माग सम्बोधन गर्ने लिखित सहमति जुट्न नसकेपछि मिटरब्याजपीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै रोकिएको छ।जनकपुरधामबाट असार २५ गते पैदल यात्रा सुरु गरेका पीडितहरू हाल निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बसेर सरकारसँगको वार्ताको प्रतीक्षा गरिरहेका छन्। उनीहरूले फर्जी तमसुक तथा लिखत...

