गगनले बारा पुगेर भने-'अहिलेको गठबन्धन २०८४ सम्मै टिक्छ'
काठमाण्डौ । सरकार र प्रधानमन्त्रीको कार्यशैलीको पछिल्लो समय खुलेर आलोचना गरिरहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले अहिलेको गठबन्धन सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरेका छन् । बुधबार बाराको बडहर्वामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान सरकार २०८४ सालसम्म नै टिक्ने दाबी गरेका हुन् ।