आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी
काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो । ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’...