चैतमा घरजग्गा कारोबारबाट चालु आवकै सर्वाधिक राजश्व संकलन
काठमाण्डौ । चैत महिनामा यो आर्थिक वर्षकै सर्वाधिक घरजग्गा कारोबार भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत फागुनमा भने सरकारले घरजग्गा कारोबारबाट चार अर्ब १२ करोड रूपैयाँ राजश्व उठाएको थियो । चैतमा देशभर ४९ हजार ८ सय ३२ वटा घरजग्गा कारोबार भएको विभागले जनाएको छ...