जावलाखेलमा जारी गोदावरी पुष्प मेलाको तेस्रो दिनसम्म ७१ लाख बढीको कारोबार
काठमाण्डौ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तेस्रो दिनसम्म २३ हजार ३ सय जनाले अवलोकन गरेका छन् । तीन दिनसम्मको जम्मा ७१ लाख भन्दा बढि कारोबार भएको जनाइएको छ ।असोज २९ गते देखि सुरू भएको मेलामा पहिलो दिन ७ हजार २ सय जना, दोस्रो दिन ७ हजार ५ सय र आज तेस्रो दिन ८ हजार ६ सय जना गरी आजसम्म २३ हजार...