हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छोडेर बाहिरिए, संसदीय विवाद चर्कियो
काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा उत्पन्न विवादका बीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) बैठक छोडेर बाहिरिएका छन्।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले नियमापत्ति जनाउँदै अघिल्लो दिन नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बोलेका केही शब्दमाथि आपत्ति जनाएका थिए।

